close

बागमती नगरपालिकाका मेयर र उपमेरद्वारा दोस्रो कार्यकालका लागि पदभार ग्रहण

बागमती नगरपालिकाका मेयर र उपमेरद्वारा दोस्रो कार्यकालका लागि पदभार ग्रहण

Trulli
ADVERTISEMENT

काठमाडौं । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरतकुमार थापा र उपप्रमुख लीलाकुमारी मोक्तानले पदभार ग्रहण गरेका छन् । 

 

प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले पराजित गर्दै नेकपा माओवादीबाट निर्वाचित थापा र उपमेयर मोक्तानले बुधबार दोस्रो कार्यकालका लागि पदभार ग्रहण गरेका हुन् । 

 

निर्वाचित मेयर भरतकुमार थापाले अघिल्लो कार्यकालमा १२१ बिघामा ताल बनाइ आन्तरिक आम्दानी बढाउने भूमिका खेलेका थिए । जसलाई भरत तालका नामले चर्चित छ । 

 

यस्तै, उनले सबैजसो वडामा पक्की कालोपत्रे बाटो बनाएका छन् । मेयर थापाले नेतृत्व गरेको यो पालिका शिक्षा, स्वास्थ्य, शिक्षा, पूर्वाधार तथा सुशासनका दृष्टिले उत्कृष्ट मानिन्छ । 

बहुसंख्यक वडाध्यक्ष पनि नेकपा मावोवादी केन्द्रबाटै दोहोरिएका छन् ।प्रमुख पदमा माओवादी केन्द्रका भरतकुमार थापाले नेपाली कांग्रेसका सुरजकुमार सुवेदीलाई पराजित गदै नगर प्रमुखमा निर्वाचित भएका हुन् । 

विजयी थापाले ११ हजार तीन सय ५७ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार टंकबहादुर बस्नेतले ७ हजार तीन सय ६८ मत प्राप्त गरे । 

 

यस्तै, उपप्रमुख पदमा निर्वाचित लीलाकुमारी माेक्तान विजयी भएकी छन् । मोक्तानले १० हजार ८ सय ७९ मत प्राप्त गरी उपप्रमुख पदमा निर्वाचित भएकी हुन् ।