close

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएका छन् । 

 

लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका सजरुद्धिन मुसलमानले जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्तालाई हराउँदै विजयी भएका छन् ।

 

नगरप्रमुखमा निर्वाचित कांग्रेसका मुलसमानले नौ हजार ५७२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका उम्मेदवार चन्द्रकेश गुप्ताले ६ हजार २ मत प्राप्त गरेका छन् ।

 

उपप्रमुखमा भने एमाले उम्मेदवार कल्पना हरिजन निर्वाचित भएकी छन् । उनले ६ हजार ५९० मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका सवनम जहाँ शेषले ६ हजार १४५ मत प्राप्त गरिन् ।