close

निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने शुद्धोधन पालिकाको पहिलो निर्णय 

निःशुल्क एम्बुलेन्सको व्यवस्था गर्ने शुद्धोधन पालिकाको पहिलो निर्णय 

Trulli
ADVERTISEMENT

रुपन्देही । शुद्धोधन गाउँपालिकाका गरीब तथा विपन्न बिरामीका लागि अस्पताल आउनजान निःशुल्क एम्बुलेन्स व्यवस्था गर्ने निर्णय गरेको  छ । 

 

सोमबार गाउँपालिकामा पदभारग्रहणपछि नवनिर्वाचित अध्यक्ष विष्णुप्रसाद बस्यालको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो । 

 

बस्यालले शुद्धोधन गाउँपालिकाभित्र बसोबास गर्ने गरीब विपन्न बिरामीका लागि अस्पतालसम्म आउन एम्बुलेन्स निःशुल्क गर्ने निर्णय गरेका हुन् । 

 

अध्यक्ष बस्यालले गाउँपालिकामा सर्वसाधारण जनताको सहजताका लागि हेल्पडेस्क राख्ने गाउँपालिका भित्र अतिआवश्यक र आवश्यक कामलाई प्राथामिकताका साथ गर्ने र शिक्षा स्वास्थ्य खानेपानी कृषिलगायत काम प्राथामिकताका आधारमा गर्ने बताए ।