close

सैनामैना नगरपालिकामा मेयरमा कांग्रेसका शर्मा र उपमेयरमा एमालेका राना विजयी

सैनामैना नगरपालिकामा मेयरमा कांग्रेसका शर्मा र उपमेयरमा एमालेका राना विजयी

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देहीको सैनामैना नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका फणेन्द्र शर्मा र उपमेयरमा एमालेका विना रानामगर निर्वाचित भएका छन् ।

 

शर्माले एमालेका चित्रबहादुर कार्कीलाई ५८२ मतान्तरले हराउँदै निर्वाचित भएका हुन् । शर्माले १५ हजार ६८६ मत ल्याएर निर्वाचित हुँदा कार्कीले १५ हजार १०४ मत मात्र पाए । शर्माले २०७४ मा कार्कीसँग पराजित भएका थिए ।

 

यस्तै, उपमेयरमा नेकपा एमालेका बिना रानामगर निर्वाचित भएकी छन् । रानाले माओवादी केन्द्रका मानबहादुर महतलाई २०४२ मतान्तरले पराजित गर्दै निर्वाचित भएकी हुन्।

 

रानाले १५ हजार ७६२ मत पाएर निर्वाचित हुँदा महतले १३ हजार ७२० मत मात्र पाए । राना २०७३ सालमा पनि उपमेयर जितेकी थिइन् । १७ वटा बडा रहेकोमा एमाले नेपाली काग्रेस र माओवादीसहितले वडाध्यक्ष जितेका छन्।

 

यस्तै, रुपन्देहीका बुटबल उपमहानगर र तिलोत्तमामा मतगणना कार्यकारी रहेको छ। बुटवलमा नेपाली काग्रेस र तिलोत्तमा एमालेले लिड गरेको छ।