close

हावाहुरीका कारण चितवनमा ३ जनाको मृत्यु

हावाहुरीका कारण चितवनमा ३ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

चितवन । शुक्रबार साँझ आएको हावाहुरीका कारण अटो रिक्सामा सवार तीन जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

 

फरक-फरक ठाउँमा भएको दुर्घटनामा परी तीनको मृत्यु भएको प्रहरीले जनाएको छ । भरतपुरबाट भोजाडतर्फ जाँदै गरेको अटोरिक्सामा सवार दुई जनाको भोजाडमा मृत्यु भएको हो भने भरतपुरबाटै भोजाडतर्फ जाँदै गरेको अर्को अटोमा सवार एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

 

प्रहरीका अनुसार हावाहुरीका कारण जिल्लाको विभिन्न स्थानमा रुख र पोलहरू ढल्ने गरेका कारण भित्री तथा राजमार्गका सडक अवरुद्ध भएका छन्।

 

प्रहरीका अनुसार  घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल लगिएको भने थप धनजनको क्षति आउन बाँकी छ।