close

शीर्षस्थानको गुजरातमाथि बेंगलोरको जित

शीर्षस्थानको गुजरातमाथि बेंगलोरको जित

Trulli
ADVERTISEMENT

काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलोरले शीर्षस्थानको गुजरात टाइटन्समाथि ८ विकेटको सानदार जितका साथ इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ मा प्लेअफको सम्भावना कायमै राखेको छ ।

 

बिहीबार राति गुजरातले दिएको १६९ रनको लक्ष्य बैंगलोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गरेको हो । बैंगलोरको जितमा विराट कोहलीले सर्वाधिक ७३ रन बनाए ।  गुजरातका राशिद खानले २ विकेट लिए ।

 

यस अघि मुम्बईमा टस जितेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन जोडेको थियो । गुजरातका लागि कप्तान हार्दिक पान्डयले अविजित ६२ रन बनाए । बैंगलोरका जोश हाजलउडले २ विकेट लिए ।

 

जितसँगै बैंगलोर १४ खेलबाट १६ अंक जोडेर चौंथो स्थानमा छ । शीर्ष स्थानको गुजरातको १४ खेलबाट २० अंक  छ । जारी लिगमा गुजरात र लखनउ सुपर जायन्ट प्लेअफमा स्थान बनाइसकेका छन् ।