close

सर्लाहीको बागमती नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी

मेयरमा भरत थापा , उपमेयरमा लीलाकुमारी मोक्तान

सर्लाहीको बागमती नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्र विजयी

मेयरमा भरत थापा , उपमेयरमा लीलाकुमारी मोक्तान

Trulli
ADVERTISEMENT

सर्लाहीको बागमती नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । मेयरमा भरतकुमार थापा र उपमेयरमा लीलाकुमारी मोक्तान निर्वाचित भएका हुन् ।

 

थापा प्रतिस्पर्धी भन्दा तीन हजार ९८९ बढी मत ल्याएर दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । उनले ११ हजार ३५७ मत प्राप्त ग्दा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका टंकबहादुर बस्नेत ‘गोकुल’ले ७ हजार ३६८ मत मात्रै पाए ।

 

मोक्तान पनि दोस्रो कार्यकालका लागि उपप्रमुखमा निर्वाचित भएकी हुन् । उनले १० हजार ८७९ मत प्राप्त गरी विजयी हुँदा निकटतम् प्रतिस्पर्धी एमालेकी सरिता घिसिङले ७ हजार ७०५ मत ल्याइन् ।

 

बागमतीसहित माओवादी केन्द्रले सर्लाहीमा चारवटा पालिकामा जित निकालेको छ । २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रले बलरा नगरपालिका र रामनगर गाउँपालिका जितेको थियो ।

 

यो पनि पढ्नुहोस्...

प्रेरक प्रतिनिधि

नेपालकै नमुना नगर बनाउन तल्लीन छन् नगरप्रमुख भरतकुमार 

https://palikakhabar.com/single-news/10973

 

यो पनि पढ्नुहोस्...

कोरोनामा संघले धन्यवाद मात्रै दियो

https://palikakhabar.com/single-news/8919