close

भैरहवामा विजय जुलुसमा हिँडेको मिनीट्रक दुर्घटना २४ जना घाइते, ६ गम्भीर

भैरहवामा विजय जुलुसमा हिँडेको मिनीट्रक दुर्घटना २४ जना घाइते, ६ गम्भीर

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर–१० मा विजय जुलुसमा प्रयोग भएको मिनीट्रक दुर्घटना हुँदा २४ जना भएका छन् । 

 

घाइतेमध्ये सिद्धार्थनगर नगरपालिका–१० का ३५ वर्षीय बुद्धकुमार मुराउ, ५५ वर्षीय लक्ष्मण पासी, ६० वर्षीय हाँसी राजी लोनिया, २२ वर्षीय बुद्धिराम केवट, १४ वर्षीय राजीव केवट र १६ वर्षीय शैलेश हरिजन गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए ।

 

मतगणनास्थलबाट एमालेको विजय जुलुससँगै निस्किएको गाडी सिद्धार्थनगर–१० को शंकरपुरमा लु.१ ख ८०७८ नम्बरको मिनिट्रक दुर्घटनामा परेको हो । घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको छ । 

 

सिद्धार्थनगर १० बाट नेकपा एमालेका उम्मेदवार सुर्जमन यादव अहिर विजयी भएका छन् । उनी एक हजार एक मत ल्याएर विजयी बनेका हुन् ।