close

२ दशक बित्यो, दरबार हत्याकाण्ड अझै रहस्यमा

२ दशक बित्यो, दरबार हत्याकाण्ड अझै रहस्यमा

Trulli
ADVERTISEMENT

काठमाडौं । आज जेठ १९ । तत्कालीन राजा विरेन्द्र शाहको बंशनाश भएको दिन । मुख्यत: यही दिन थियो, जहाँ वीरेन्द्रको वंशनाश मात्र भएन । नेपालमा गणतन्त्रको आधारसमेत निर्माण भएको थियो ।

सोही घटनाका कारण राजतन्त्रको अन्तिम अध्याय सुरु भई गणतन्त्रको अध्यायको बलियो पृष्ठभूमि लेखिएको तर्क गर्ने  विश्लेषकहरू छन् । यसअघि पनि नेपालको इतिहासमा त्यस्तै खालका घटना भएका र तिनले कुनै न कुनै रूपमा राजनीतिक शक्तिकेन्द्र परिवर्तन गरेका उदाहरण पाइन्छन्। 

यसका उदाहरणहरू साठी र बयसट्ठी साल पर्व,कोत पर्व, बयालीस साल पर्वजस्ता छन् । यस्ता दुखद घटनाले केही न केही परिवर्तन गरेझैं दरबार हत्याकाण्डलाई पनि गणतन्त्रको आधार निर्माण हुने घटनाको रुपमा लिन सकिन्छ । 

कतिपय इतिहासकार र राजनीतिशास्त्रीहरू दरबार हत्याकाण्डलाई नेपालको इतिहासमा गणतन्त्रको बलियो बीउ रोप्ने एउटा घटनाका रूपमा पनि चित्रण गर्ने गर्छन्।

विसं २०६२/६३ को जनआन्दोलनमा पनि राजा ज्ञानेन्द्रलाई उक्त हत्याकाण्डको दोष लगाउँदै नारा लगाइएको थियो। त्यसले पनि धेरै नेपालीलाई गणतन्त्रतर्फ उन्मुख हुन उत्प्रेरित गरेको कतिपयको विश्लेषण हुने गरेको छ।

नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ । २०५८ जेठ १९ गते साँझ तत्कालीन राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्का र अन्य राजपरिवारका सदस्यहरू गरी १० जनाको हत्या भएको थियो ।

दरबारमा भएको पारिवारिक जमघटका अवसरपारी उक्त हत्याकाण्ड भएको थियो । उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ । हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले तत्कालीन युवराज दिपेन्द्र शाहले हत्या गरेको प्रतिवेदन सार्वजनिक गरेको थियो ।

जेठ १९ को घटनामा तत्कालीन युवराज दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानेको र पछि आफैँलाई गोली हानेको भन्ने प्रतिवेदनमा उल्लेख गरिएको थियो  ।