close

शालिक तथा पार्क निर्माण गर्न नगरसभाको स्वीकृति चाहिने

शालिक तथा पार्क निर्माण गर्न नगरसभाको स्वीकृति चाहिने

Trulli
ADVERTISEMENT

झापा । भद्रपुर नगरपालिकाले सार्वजनिक स्थलको संरक्षणमा जोड दिएको छ । 

झापाका प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालको अध्यक्षतामा बसेको राजनीतिक दलका प्रतिनिधि र सरोकारालासहितको सयुक्त बैठकले सार्वजनिक स्थलको उपयोग गर्न नगरसभाबाट सहमति पारित गर्नुपर्ने निर्णय गरेको छ । 

नगरपालिका क्षेत्रमा रहेका पार्क तथा सार्वजनिक स्थलको अतिक्रमणलाई रोक्न यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । 

नगरपालिका क्षेत्रमा विनास्विकृति शालिक निर्माण, पार्क निर्माण, रङ्गरोगन, चौतारा निर्माणजस्ता कार्यका लागि अब नगरपालिको स्वीकृति लिनु पर्ने भएको हो । 

यस कार्यमा कसैको आवेदन आएमा नगरसभाले  अध्ययन गरी स्वीकृति/अस्वीकृतिको निर्णय गर्न सक्नेछन् भने यस कार्यका लागि आवश्यकताअनुसार नगरपालिकाले स्थानीय प्रशासनसँग समन्वय गर्न सक्नेछ ।