close

सरकारले कार्यान्वयनमा नजाने बजेट ल्याएको ज्ञवालीको दाबी

सरकारले कार्यान्वयनमा नजाने बजेट ल्याएको ज्ञवालीको दाबी

Trulli
ADVERTISEMENT

काठमाडौं । नेकपा एमालेबाट निर्वाचित सांसद प्रदीप ज्ञवालीले संसद‍्मा जारी बजेट छलफलमा २१ प्रतिशत खर्च गरेर ८ प्रतिशत आर्थिक वृद्धि सम्भव नहुने बताएका छन् । 

साथै सरकारले कार्यान्वयनमा नजाने बजेट ल्याएको समेत बताएका छन् । ‘बजेटको कन्टेन्टमा जाँदाखेरी यो कार्यान्वयन हुँदैन,’ उनले भने, ‘यसका यावत् कारणहरू छन्, यो चुनावी वर्ष हो,  तपाईंहरू छलफल गरिरहनुभएको छ, मंसिरमा चुनाव हुने नहुनेबारे । मंसिर सम्म तपाईँहरूले पूँजीगत खर्च गर्न सक्ने कुरै भएन, त्यसपछि कुन सरकार आउँछ ?’

उनले यो बजेट निश्चित घरानालाई फाइदा हुने गरी ल्याइएको समेत टिप्पणी गरेका छन् । साथै अर्थमन्त्रीलाई कटाक्ष गर्दै भने ‘पूँजीगत खर्च घटाउनु भएको छ, २१ प्रतिशत खर्च गरेर ८ प्रतिशत आर्थिक वृद्धि ? यसको लागि त नयाँ एडम स्मित खोज्नु पर्ने हो कि नयाँ मार्क्स खोज्नुपर्ने हो ? हाम्रो सोझो अर्थतन्त्रको हिसाबले त यस्तो कुरा कहीँ पनि हुन्छ जस्तो मलाइ  लाग्दैन ।’