close

आयल निगम घेर्न पुगेका किसान भन्छन् : हामीलाई काम गर्न नदिने प्रपञ्च रचियो

आयल निगम घेर्न पुगेका किसान भन्छन् : हामीलाई काम गर्न नदिने प्रपञ्च रचियो

Trulli
ADVERTISEMENT

काठमाडौं । ललितपुरका किसानले आयल निगम आयल निगम घेराउ गरेका छन् ।

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण दैनिक जीवन कष्टकर बनेको बताउँदै लुभुका स्थानीयले निगमको घेराउ गरेका हुन् । 

उनीहरूले ‘ जनता हन्डर, ठक्करमा नेता कमिसनको चक्करमा, किसानमारा, श्रमिकमारा व्यवस्था मूर्दावाद, महँगीकाे मारमा मजदूर किसान मारमा,बढ्नो महँगी नियन्त्रणमा गर्’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका छन् । 

मूल्य वृद्धिका कारण बाँच्न कठिन परिरहेकाले किसानले जहिल्यै पनि लड्नुको विकल्प नभएको बताउँदै उनीहरुले सरकारले किसानलाई जहिल्यै पनि माथि उठ्न नदिने गरी प्रपञ्च गरिरहेको बताए ।