close

अब टर्कीको नाम टर्किये  हुने

अब टर्कीको नाम टर्किये  हुने

Trulli
ADVERTISEMENT

काठमाडौं । युरोपेली देश टर्कीको नाम  अब टर्किये  हुने भएको छ । टर्कीले नाम बदल्न गरेको  अनुरोधलाई संयुक्त राष्ट्र संघले स्वीकृत गरेपछि सो देशको नाम परिवर्तन भएको हो । 

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसका प्रवक्ता स्टेफेन डुजारिकका अनुसार टर्कीका विदेश मन्त्री मेभलुत काभुसोग्लुबाट राष्ट्रसंघ प्रमुखलाई देशको नाम परिवर्तन गर्न अनुरोध गरेको पत्र प्राप्त भएपछि तुरुन्तै यो निर्णय भएको हो ।


विदेशमन्त्री काभुसोग्लुले अन्तर्राष्ट्रिय क्षेत्रमा देशको प्रतिष्ठा बढाउने उद्देश्यका साथ हिज्जेमा परिवर्तन गरिएको बताएका छन् ।