close

बालेनलाई मन्त्री झाँक्रीको आश्वासन : फोहोर व्यवस्थापनका लागि सँगै अघि बढ्न तयार छु

बालेनलाई मन्त्री झाँक्रीको आश्वासन : फोहोर व्यवस्थापनका लागि सँगै अघि बढ्न तयार छु

Trulli
ADVERTISEMENT

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले महानगरको फोहोर व्यवस्थापनका लागि मन्त्रालय महानगरसँग सहकार्य गरेर अघि बढ्न सधैँ तयार रहेको बताएकी छन् । 

काठमाडौं महानगरका नवनियुक्त प्रमुख बालेन साह र उपप्रमुख सुनीता डंगोललाई मन्त्रालयमा बधाई दिँदै मन्त्री झाँक्रीले सो बताएकी हुन् । 

महानगरको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले महानगरको फोहोर बन्चरे डाँडा ल्यान्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले व्यवस्थापन गर्ने बताइन् । 

भेटका क्रममा महानगर प्रमुख बालेन शाहले फोहोर व्यवस्थापनका लागि मन्त्रालयले सहयोग गर्नुपर्ने प्रस्ताव राखेका थिए । 

फोहोर व्यवस्थापन नगरी कुनै उत्सव नमाउने घोषणा गरेका साह महानगरको फोहोर व्यवस्थापनका लागि बुधबार प्रधानमन्त्री निवास पुगेका थिए ।