close

तिलोत्तमाको पहिलो बैठक सम्पन्न

तिलोत्तमाको पहिलो बैठक सम्पन्न

Trulli
ADVERTISEMENT

रुपन्देही  ।  स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित तिलोत्तमा नगरपालिका नगर कार्यपालिकाको पहिलो बैठक बिहीबार सम्पन्नभएको छ ।

नवनिर्वाचित नगरप्रमुख रामकृष्ण खाँणको अध्यक्षतामा बसेको बैठकले स्थानीय तह निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न गर्ने सहयोग गर्ने सबैलाई बधाईसमेत दिएको छ । 

कार्यपालिका बैठकले आ.व. २०७९÷०८० मा संचालनहुने बिकास र योजना सहकार्य र सहमतिबाट साझा तबरले गर्नुपर्ने नगरप्रमुख खाँणले बताए। 

तिलोत्तमा नगरपालिकाको सफलकार्य काल पूरा गरी निवर्तमान भएका जनप्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्ने निर्णयसहित असल अभ्यासको अनुसरण गर्ने निर्णय गरेको बताए।

सो अवसरमा नवनिर्वाचित उपप्रमुख जागेश्वरदेवी चौधरीले जुनसुकै पार्टीबाट निर्वाचित भए पनि अब  सबैको साझा भएर नगरबासीको हितमा काम गर्नुपर्ने बताइन्। 

उनले अबको तिलोत्तमालाई रुपान्तरण आवश्यक भएकाले सबै विकास र योजनामा सहमति सहकार्यको वातावरण सिर्जना गरी अघि बढ्नुपर्ने बताइन् ।