close

जैमिनीमा आइतबार बिदा नहुने

जैमिनीमा आइतबार बिदा नहुने

Trulli
ADVERTISEMENT

बागलुङ । बागलुङको जैमिनी नगरपालिकाले आइतबारको बिदा नदिने निर्णय गरेको छ । 

नगर कार्यपालिकाको बिहीबारको बैठकले नगर क्षेत्रभित्र आइतबार बिदा नदिने निर्णय गरेको हो ।

नगर क्षेत्रका सरकारी तथा संस्थागत कार्यालय खुला गर्दा इन्धन खपतमा असर नपर्ने भएकाले सेवा प्रवाह नरोक्ने निर्णय गरिएको उपप्रमुख हरिहर शर्माले बताए । 

जैमिनीले वडा तहमा योजना सम्झौता र फरफारकका लागि तयारी गरेको छ । 

जैमिनीले गर्भवती र सुत्केरी स्वास्थ्यचौकी जानुपर्दा यातायातको साधन चाहिएमा नगरपालिकाले प्रबन्ध गराउने गरी कार्यविधिसमेत बनाउन लागेको उनले बताए ।