close

मेलम्चीको बाढी नियन्त्रणमा चुकेको सरकार

मेलम्चीको बाढी नियन्त्रणमा चुकेको सरकार

Trulli
ADVERTISEMENT

सिन्धुपाल्चोक । विसं २०७८ असार २ गते आएको बाढीका कारण सिन्धुपाल्चोको हेलम्बु र मेलम्चीमा अर्बौंको क्षति पुर्‍याएको थियो  । उक्त बाढीमा दर्जनौंले ज्यान गुमाए भने हजारौं विस्थापित बने । 

बाढी आएको एक वर्ष भइसकेको छ भने मनसुन सुरु हुने बेला भइसकेको छ तर, बाढी नियन्त्रण तथा रोकथामका लागि केही काम नभएको स्थानीय सरकार स्वीकार्छन् । 

विपद व्यवस्थापनका लागि प्रदेश सरकारबाट १० करोड विनिनयोजन भएको रकमबाट भर्खर काम सुरु भएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ बताउँछन् । 

'प्रतिसमितिले ७० लाखमा काम गर्ने सम्झौता भएर काम भइरहेको छ,' उनले भने । के-के काम बनिकसकेको छ भने प्रश्नमा कुनै काम सम्पन्न नभएको  र एक महिनाभित्र काम सक्ने गरी काम धमाधम भइरहेको बताए । उनको भनाइअनुसार अहिलेको ठ्याक्कै भन्न सकिने प्रगति भनेको फाउण्डेशन खन्ने काम धमाधम भइरहेको छ । 

नगरप्रमुख तामाङका अनुसार १४ वटा समितिमार्फत काम भइरहेको हो भने विपद व्यवस्थापन कोषबाट पनि काम भइरहेको छ । 

साथै संघीय सरकारबाट दुईवपटा पुलको डिपिआरका लागि ४०/४० लाख विनियोजन भए पनि हालसम्म डिपिआर बन्न नसकेको नगर प्रमुख तामाङले बताए । 

मेलम्चीबाट फत्ते जाने र मेलम्ची बजारबाट पाँचपोखरी जाने पुलको डिपिआरका लागि उक्त रकम विनियोजन भए पनि दुई निकायबीच दोषारोपण चलिरहने तर, काम नभएको उनको भनाइ छ ।

 'डिभिजन सडक कार्यालयमा जाँदा सडक विभाग पठाउने र सडक विभागमा जाँदा यसको डिपिआर डिभिजन सडक कार्यालयले गर्ने भनेर दु्:ख दिने काममात्र हुन्छ,अझै डिपिआरसमेत भएको छैन ।'  नगरप्रमुख तामाङले पालिका खबरलाई भने ।