close

दुर्घटनामा दुई जनाको मृत्यु

दुर्घटनामा दुई जनाको मृत्यु

Trulli
ADVERTISEMENT

रुकुम । रुकुम पूर्वको सिस्ने गाउँपालिका–४ स्थित दादिङमा ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

शुक्रबार साँझ सिस्ने-४ कोम्बोटबाट गिट्टी लिएर आउँदै गरेको रा १ त १६१६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा त्यसमा सवार दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जानकारी दिएको छ । 

दुर्घटनामा सिस्ने–४ दादिङका ५० वर्षीया नन्दी बुढा र १५ वर्षीय किशोर आकाश बुढाको मृत्यु भएको प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी दिए । 

दुर्घटनामा गम्भीर घाइते दुई जनाको रुकुमपूर्व अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटना लगत्तै चालक फरार भएका छन् । ट्रयाक्टरको पछाडिको भागमा बसेका उनीहरू दुर्घटना हुनलाग्दा आत्तिएर हाम फालेको हुनसक्ने खत्रीले बताए ।