close

यसै वर्षबाट निजगढ विमानस्थल निर्माण सुरु गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

यसै वर्षबाट निजगढ विमानस्थल निर्माण सुरु गर्ने अर्थमन्त्रीको प्रतिबद्धता

Trulli
ADVERTISEMENT

काठमाडौं । नेपाल सरकारका अर्थमन्त्री तथा नेकपा माओवादीका नेता जनार्दन शर्माले यसै वर्ष विमानस्थल निर्माण कार्य सुर गर्ने प्रतिबद्धता जनाएका छन् । 

सर्वोच्चले तत्काल विमानस्थल निर्माण नबनाउन अन्तरिम आदेश दिएपछि सो विषयलाई लिएर दिनहुँजसो पक्ष र विपक्षमा प्रदर्शन र बहस भइरहेका बेला शनिबार वीरगन्ज पुगेका शर्माले यस्तो बताएका हुन् । 

निजगढ विमानस्थल निर्माणका लागि आफू जे पनि गर्न तयार रहेको बताउँदै उनले भने,

‘निजगढ विमानस्थल बनाउने हो । बन्छ । यसै वर्ष सुरु गर्ने हो । यसका लागि म जे गर्न पनि तयार छु । यो जनार्दन शर्माको प्रतिबद्धता हो । यो अहिले शेरबहादुर देउवाको प्रतिबद्धता हो,’ उनले भने ।