close

बूढानीलकण्ठ नगरपालिकामा २७ रोपनी सरकारी जग्गा अतिक्रमण !

बूढानीलकण्ठ नगरपालिकामा २७ रोपनी सरकारी जग्गा अतिक्रमण !

Trulli
नगरपालिकाका पूर्वमेयर उद्धव खरेल
ADVERTISEMENT

काठमाडौं । काठमाडौं बूढानीलकण्ठ नगरपालिकाका पूर्वमेयर उद्धव खरेलले बूढानीलकण्ठ नगरपालिका क्षेत्र भित्रको २७ रोपनी जग्गा कानुनी रूपमै अतिक्रमण गर्ने खेल भइरहेको बताएका छन् । 

करिब ८० करोड रुपैयाँ पर्ने सो जग्गा भूमाफियाले अदालती प्रक्रियाबाट २७ रोपनी जग्गा स्थानीय एकजना सोझो मानिसलाई उठाएर उसको नाममा पूर्जा बनाएर अतिक्रमणको प्रयास गरिरहेको उनले बताए । 

नगरपालिकाको सार्वजनिक जग्गा अतिक्रमण गरी घर बनाएर भाडा असुल गरिरहेको  उनको भनाइ छ । 

पूर्वमेयरसमेत रहेका खरेलले आफ्नो कार्यकालमा सार्वजनिक जग्गा मिच्ने कार्यलाई निरुत्साहित गरेको बताए ।