close

बस दुर्घटना अपडेट : ५ मृतकको सनाखत

बस दुर्घटना अपडेट : ५ मृतकको सनाखत

Trulli
ADVERTISEMENT

रुपन्देही । रोहिणी खोलामा बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत भएको छ । 

मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका २ का ५६ वर्षीय विष्णु पौडेल, बुटवल उपमहानगरपालिका ११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, रौतहट चन्द्र निगाहापुरका २० वर्षीय दिनेश दास र भारत जनकपुर ग्रामका ४० वर्षका अरविन्द शर्मा रहेका प्रहरीले जनाएको छ । 

मृतक ४ जनाको सनाखत हुन बाँकी छ। दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको छ ।