close

रुसद्वारा युक्रेनको राजधानीमा हमला : डटेर लडिरहेको जेलेन्स्कीको भनाइ

रुसद्वारा युक्रेनको राजधानीमा हमला : डटेर लडिरहेको जेलेन्स्कीको भनाइ

Trulli
ADVERTISEMENT

काठमाडौं । रुसले युक्रेनको राजधानी किएभका विभिन्न ठाउँमा हमला गरेको छ ।

आइतबार बिहानै गरिएका ती हमलाका कारण आकासमा कालो धुँवाको मुस्लो देखिएको बिबिसीले उल्लेख गरेको छ । 

बिबिसीका अनुसार अहिले सबैभन्दा भीषण लडाइँ सेभरोडोनेट्स्क सहरमा भइरहेको छ । 

त्यस्तै, युक्रेनी राष्ट्रपतिले पनि त्यहाँका गल्लीगल्लीमा भीषण लडाइँ भइरहेको बताउँदै त्यहाँको अवस्था ज्यादै कठिन रहेको जनाएको भनी खबरहरू बाहिरिएका छन् । 

पूर्वी युक्रेनमा रहेका सेभरोडोनेट्स्क र अरू सहरहरूमा निरन्तर हवाई हमलाहरू, गोलाबारी र क्षेप्यास्त्र आक्रमणहरू गरिएका भए पनि युक्रेनी फौजले डटेर सामना गरिरहेको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् । बिबिसी