close

टेकुस्थित कनक पेट्रोलपम्पमा विस्फोट, दुईजना घाइते

टेकुस्थित कनक पेट्रोलपम्पमा विस्फोट, दुईजना घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं ।  टेकुस्थित कनक पेट्रोलपम्पमा विस्फोट हुँदा दुई जना घाइते भएका छन् । 

प्रहरीका अनुसार पम्पमा रहेको सिलिन्डर विस्फोट हुँदा दुई जना घाइते भएका छन् । इन्धन राख्ने ट्याङ्कीमा बिल्डिङ गरिरहेका बेला ग्यास विस्फोट भएको थियो । 

घाइते हुनेहरूमा पर्सा जगन्नाथपुरका किशोर साह र दीपककुमार साह रहेको प्रहरीले जनाएको छ । 

विस्फोटबारे थप अनुसन्धान भइरहेको  जनाइएको छ ।