close

रुपन्देही वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार केसी सम्मानित

रुपन्देही वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार केसी सम्मानित

Trulli
ADVERTISEMENT

रुपन्देही । नेपाल पत्रकार महासंघ रुपन्देहीले अग्रज पत्रकार नारायण सापकोटाद्वारा स्थापित उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार–२०७८ वितरण गरेको छ । 

लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा, पुरस्कारका संस्थापक नारायण सापकोटाले पत्रकार तेजेन्द्र केसीलाई नगद र प्रमाणपत्रबाट पुरस्कृति गरिएको हो । 

महासंघले वातावरण दिवसको दिन प्रत्येक वर्ष एकजना पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । पत्रकार केसी नगद २५ हजार, प्रमाणपत्रले सम्मानित भएका हुन् । पत्रकार केसी दैनिक पत्र, दैनिक, रातोपाटीको लुम्बिनी प्रदेश प्रमुख हुन् । केसी १५ वर्षदेखि बुटवललाई कार्यक्षेत्र बनाएर पत्रकारितामा क्रियाशील छन् । 

पुरस्कार वितरण समरोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले अहिले वातावरणीय समस्याका लक्षण देखिन थालेको बताए । 

मानव जातिले वातावरणबाट धेरै कुरा लिने गरेको बताउँदै जोगाउन पहल नगर्दा समस्या देखिएको उनको भनाइ छ । सञ्चारमन्त्री शर्माले पत्रकारका लागि सञ्चार विधेयक ल्याएको बताउँदै यो विधेयक पास भएमा पत्रकार र सञ्चारमाध्यमलाई फाइँदा पुग्ने बताए । कानुनको अभावमा अन्य काम गर्न नपाएको उनले बताए । 

बजेट निर्माणको चरणमा रहेको बताउँदै सञ्चारमाध्यमलाई ध्यानमा राखेर लुम्बिनी प्रदेश सरकारले बजेट ल्याउने मन्त्री शर्माले प्रतिबद्धता जनाए ।