close

सातामा दुई दिन बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट, भोलि सुनवाइ हुँदै

सातामा दुई दिन बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट, भोलि सुनवाइ हुँदै

Trulli
ADVERTISEMENT

काठमाडौं । सरकारले जेठदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

दुई दिन सरकारी बिदा दिने निर्णय खारेजीको माग गर्दै सोमबार अधिवक्ताहरु सन्तोष भण्डारी, रामबहादुर शाह, पुण्यप्रसाद खतिवडा, त्रिलोक चन्द, तेजबहादुर लोहनी र दीपक खनाल समेतले सर्वोच्चमा रिट दर्ता गराएका हुन् ।

निवेदकहरूले दिएको रिटमा मंगलबारका लागि लागि पेसी तोकिएको छ । जनताको जीवनस्तरसँग जोडिएको विषयमा दूरगामी असर पर्ने बताउँदै हचुवाको भरमा उक्त नियम लागू गरिएको रिटमा उल्लेख गरिएको छ । दुई दिन बिदा दिँदा सेवाग्राहीको काम नभएको र दुईदिने बिदाको निर्णय जनस्तरबाटै अस्वीकृत हुने अवस्थामा पुगिसकेको थियो । हप्तामा दुई दिन बिदा दिँदा कर्मचारीको वृत्ति विकासभन्दा पनि खालि बिदाका लागि मात्रै बिदा थपिएको भनेर जनस्तरवाट निकै गुनासा आइरहेका छन् ।

सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्नका लागि भन्दै गत जेठ १ गतेबाट लागू हुनेगरी हप्तामा शनिबार र आइतबार बिदा दिने निर्णय गरी कार्यान्वयनमा ल्याएको छ । तर, बिदाका दिनमा पनि सरकारी सवारी साधन चल्नाले कारबाही पनि  भइरहेको अवस्था छ ।