close

काठमाडौं महानगरमा गुनासाे व्यवस्थापनका लागि कल सेन्टर सञ्चालन

काठमाडौं महानगरमा गुनासाे व्यवस्थापनका लागि कल सेन्टर सञ्चालन

Trulli
ADVERTISEMENT

ठमाडौं । काठमाडौं महानगरले महानगरबासीकाे गुनासाे व्यवस्थापनका कल सेन्टर सञ्चालनमा ल्याएको छ । 

महानगरले सोमबारबाट गुनासो तथा सोधपुछका लागि टोल फ्री नम्बर खुला गरेएको हो । 

नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो ।

महानगरलाई उत्तरदायी स्थानीय सरकारका रूपमा स्थापित गर्न नागरिकका गुनासा सुन्ने प्रणाली विकास गरिएको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले महानगर के गर्दैछ भन्ने कुरा जनताले सोध्न पाउनुपर्ने बताउँछन् । 

महानगरसँग कुनै गुनासो गर्नु छ भने वा केही सोधपुछ गर्नु छ भने निःशुल्क टेलिफोन  १६६००१ ०५५११ मा सम्पर्क गर्न सकिने छ । सूचना प्रविधि विभागका प्रमुख नमराज ढकाल भन्छन्, “सेन्टरको क्षमता एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने खालको छ ।

गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरुको फोन नम्बर, फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा रहिरहने व्यवस्था गरिएको छ ।