close

ट्विटरसँगको सम्झौता रद्द गर्न सक्ने मस्कको चेतावनी

ट्विटरसँगको सम्झौता रद्द गर्न सक्ने मस्कको चेतावनी

Trulli
ADVERTISEMENT

अर्बपति इलोन मस्कले सामाजिक सञ्जाल ट्विटर प्रयोगकर्ताको सङ्ख्याबारे थप बुझ्न आफूले गरेको आग्रहलाई रोकिएको आरोप लगाएका छन् ।

उक्त आरोपसँगै उनले ट्विटर कम्पनी खरिद गर्ने सम्झौताबाट आफू अलग हुन सक्ने चेतावनी समेत दिएका छन् ।

गत अप्रिलमा ट्विटरको सञ्चालक समिति ४४ अर्ब डलरमा उक्त कम्पनीको स्वामित्व खरिद गर्ने मस्कको प्रस्तावमा सहमत भएको थियो ।

मस्कले 'स्प्याम अकाउन्टहरूको हकमा आफ्नै ढङ्गले अगाडि बढ्ने' बताएको बिबिसीले जनाएको छ ।

यसअघि मस्कले 'सामाजिक सञ्जालका नक्कली खाता हटाउने' विषयमा आफ्नै योजना लागू गर्ने बताएका थिए ।

उनले ट्विटरमा दैनिकरुपमा पाँच प्रतिशतभन्दा धेरै दैनिक प्रयोगकर्ता नक्कली भएको बताएका थिए । ट्विटरले भने आफ्नो अनुमानको बचाउ गर्दै आएको छ ।

मस्कले ट्विटरले प्रयोगकर्ताको विवरण उपलब्ध नगराएर ट्विटरले आफ्नो सूचनाको हकसमेत खोसेको आरोप लगाएका छन् ।