close

संसद्मा फेसबुकका कुरा : इम्बोस्ड नम्बर प्लेट परिवर्तनका निर्णय गर्ने अधिकारीलाई बर्खास्त गर्नुपर्छ

संसद्मा फेसबुकका कुरा : इम्बोस्ड नम्बर प्लेट परिवर्तनका निर्णय गर्ने अधिकारीलाई बर्खास्त गर्नुपर्छ

Trulli
ADVERTISEMENT

काठमाडौं । सांसद अञ्जु विशंखेले असारभित्रमा इम्बोस्ड नम्बर परिवर्तन गर्नुपर्छ भनी निर्णय गर्ने कर्मचारी, सुझाव दिने, निर्देशकलाई बर्खास्त गर्न माग गरेकी छन् । 

मंगलबारको संसद् बैठकलाई सम्बोधन गर्दै विशंखेले हुनै नसक्ने निर्णय गरी कार्यान्वयन गरेको भन्दै यस्तो माग गरेकी हुन् । 

‘२५ हजारलाई ४०००ले गुणा गरी १० अर्ब, चुनाव खर्च, इम्बोस्ड नम्बर फेल भनेर लेखिएको रहेछ,’ उनले भनिन्, यो मेरो कुरा होइन ।सामाजिक सञ्जाल फेसबुकमा लेखिएको रहेछ,’ उनले भनिन्, ‘योचाहिँ जनतामा कस्तो प्रभाव परिराखेको छ भनेर मैले सूचनामात्रै गराउन खोजेको मात्रै ।’ 

लाइसेन्स प्राप्तिका लागि दर्ता गराए पनि लाइसेन्स प्राप्त गर्न नसक्नेहरूको संख्या अधिक रहेको बताउँदै उनले भनिन्, ‘यातायात गयो भने रिणु गर्न तपाईँलाई कति समय लाग्छ ?’