close

इम्बोस्ट नम्बर प्लेट अनिवार्य गर्ने आफ्नै निर्णयबाट पछि हट्यो विभाग

इम्बोस्ट नम्बर प्लेट अनिवार्य गर्ने आफ्नै निर्णयबाट पछि हट्यो विभाग

Trulli
ADVERTISEMENT

काठमाडौं । यातायात व्यवस्था विभाग यसअघिको साउन १ गतेबाटै सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने नि‍र्णयबाट पछि हटेको छ । 

विभागको यसअघिको निर्णयलाई लिएर चौतर्फी आलोचना र प्रदर्शन भएपछि विभागले मंगलबार विज्ञप्ति जारी गर्दै  आफ्नै निर्णयबाट पछि हटेको हो । 

साउन १ गते बिहानबाट सडकमा गुड्ने सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने विभागको यसअघिको  निर्णय थियो । 

२०७८ कात्तिक २२ गतेको राजपत्रमा प्रकाशित सूचना बमोजिम ज-जसले इम्बोस्ड नम्बर अनिवार्य जडान गर्नुपर्ने थियो, ती सवारीमा यस्ता प्लेट जडान भएका छन् वा छैनन भन्ने कुरामा अनुगमन गर्नुपर्ने देखिएको विज्ञप्तिमा उल्लेख छ ।

‘इम्बोस्ड नम्बर प्लेट जडान ऐच्छिक विषय पनि होइन,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सिमित समयमा कार्य पूरा गर्नका लागि आगामी दिनमा यो कार्यको गति तीब्र हुन जरुरी छ, सडकमा गुड्ने सबै सवारीमा साउन १ देखि नै इम्बोस्ड नम्बर अनिवार्य छैन ।'