close

नागढुङ्गाबाट स्रोत नखुलेको नगदसहित चिनियाँसहित पाँचजना पक्राउ

नागढुङ्गाबाट स्रोत नखुलेको नगदसहित चिनियाँसहित पाँचजना पक्राउ

Trulli
ADVERTISEMENT

काठमाडौं । नागढुङ्गाबाट स्रोत नखुलेको नगद ३ करोड ८९ लाख १३ हजार ७ सय २० रुपैयाँसहित पाँच जना पक्राउ परेका छन् । 

प्रहरी वृत्त थानकोटले नागढुंगा नाकाबाट उनीहरुलाई मंगलबार बिहान पक्राउ गरेको हो ।

क्राउ पर्नेहरूमा नुवाकोट बिदुर नगरपालिका–८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र चार चिनियाँ नागरिक छन् ।

प्रहरीका अनुसार नुवाकोटबाट काठमाडौंतर्फ आउँदै गरेको बिएबी ५७१० नम्बरको कारलाई प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा कारको डक्कीमा प्लाष्टिकको दुई वटा बोरामा लुकाई छिपाइ ल्याएको अवस्थामा नगद बरामद भएको छ ।