close

सञ्चारमैत्री भएर सेवा प्रवाह गर्ने रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिको प्रतिबद्धता

सञ्चारमैत्री भएर सेवा प्रवाह गर्ने रुपन्देहीका नवनिर्वाचित जनप्रतिनिधिको प्रतिबद्धता

Trulli
ADVERTISEMENT

रुपन्देही । रुपन्देहीका नवनिर्वाचित पालिका प्रमुखले सञ्चारमैत्री भई सेवा प्रवाह गर्ने प्रतिबद्धता जनाएका छन् । 

मंगलबार नेपाल पत्रकार महासंघ रुपन्देहीले बुटवलमा ‘नवनिर्वाचित पालिका प्रमुखहरूसँग सञ्चार र स्थानीय तहको अन्तरसम्बन्ध विषयक’ अन्तरसम्बाद कार्यक्रमका क्रमा उनीहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । 

कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले सञ्चार माध्यम र पत्रकारहरूसँग आवश्यक समन्वय गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए । उनले सार्वजनिक जग्गा निकै कम रहेको बताउँदै सञ्चार क्षेत्रको विकासमा सँगसँगै हिड्ने बताए । उनले हप्तामा एक दिन पत्रकारसँग छलफल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । 

नगरप्रमुख पाण्डेले आफू निर्वाचित भएसँगै पहिलो बैठकबाट नै चौराहा – चिडियाखोला सडक मर्मतको काम गरेको बताए । उनले अब बर्खासमय आउन लागेकाले जोखिम व्यवस्थापनको काममा लागेको बताए । निर्वाचन सकिएको १५ दिनमा घरदैलो र सम्मानमा गएको बताउँदै यो जनचासोअनुरुप गरेको बताए ।

तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले स्थानीय तहको निर्वाचनमा मर्यादित बनाउन पत्रकारको भुमिका निकै महत्वपूर्ण रहेको बताए । उनले राम्रो काम गर्ने र गलत गर्दा तोकेर समाचार लेख्नसमेत आग्रह गरे । पत्रकार र जनप्रतिनिधि बिचको सम्बन्ध बलियो बनाउन आवश्यक रहेको बताउदै सम्बन्ध बलियो भएमा समृद्धि आउने उनले बताए ।

निर्वाचनमा कुनै पार्टीबाट जिते पनि सबैको जनप्रतिनिधि साझा बन्नुपर्ने भन्दै जवाफदेहितासहित काम गर्नुपर्ने बताए । 

शुुद्धोधन गाउँपालिका अध्यक्ष विष्णुप्रसाद बस्यालले मिडिया र सञ्चारले स्थानीय तह र जनप्रतिनिधिलाई आवश्यक स्थान दिन आग्रह गर्दै आफू र स्थानीय तह सुधार गर्ने प्रतिबद्धता ब्यक्त गरे । आफू मिडियामैत्री बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले समय समयमा सुझाब दिन आग्रह गरे । 

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूूर्वा अध्यक्ष एव सल्लाहकार डा. बालकृष्ण चापागाईंले निर्वाचनमा फरक फरक पार्टीबाट जिते पनि समान सहभागिता हुनेगरी काम गर्न सुझाव दिए । 

उनले स्थानीय मिडिया र पत्रकारको क्षमताले पालिकाको पहिचान दिने बताउँदै क्षमता अभिवृद्धिमा ध्यान दिन आग्रह गरे । उनले मिडियालाई सहयोग गर्ने कुरामा द्वविधा रहेको बताउदै सस्थागत माध्यमलाई सहयोग गरेमा सञ्चार क्षेत्र बलियो हुने बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष एंव सल्लाहकार विनोद पहाडीले समान सहभागितालाई ध्यानमा दिन आग्रह गरे । उनले प्रेस बोर्ड गठन गरेर सञ्चार क्षेत्रसँग सहकार्य गर्न सक्ने बताए । पत्रकारले स्थानीय जनप्रतिनिधिलाई सहयोग गरेजस्तै जनप्रतिनिधिले पनि सहकार्य गर्न तयार रहनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका निवर्तमान अध्यक्ष एव सल्लाहकार यानेन्द्र जिसीले जनप्रतिनिधि कार्यक्रममा अनुपस्थित हुने शैली मिडिया मैत्री नभएको बताए । 

नेपाल पत्रकार महासंघ रुपन्देहीका सल्लाहकार खिमानन्द भट्टराईले स्थानीय तहका जनप्रतिनिधिले विज्ञापन दिदा मिडियामैत्री बनाउन आग्रह गरे । 

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वरिष्ठ पत्रकार माधव नेपालले रुपन्देहीका सञ्चार माध्यमको अवस्थाको बारेमा जानकारी दिँदै पालिकाले गर्नुपर्ने कामको बारेमा बताए । उनले सूचनामा सहज पहुँच, समानुपातिक लोककल्याणकारी विज्ञापन वितरण, जनसहभागिता लगायतका बारेमा सुझाब दिए । 

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले स्थानीय तहले पत्रकार र सञ्चार माध्यमको अवस्थाको बारेमा ध्यान दिनुपर्ने बताए । उनले रुपन्देहीका स्थानीय तहले पत्रकारहरूको प्रवर्द्धनमा हुनुपर्ने काम सोचेअनुरुप हुन नसकेको बताए । 

स्थानीय तहहरूले यहाँका पत्रकारको विषयमा चासो देखाउनुपर्ने बताए । पत्रकारितामा बुटवललाई मोफसलको राजधानी भनेर भन्ने गरिएको बताउदै पत्रकारको क्षमता वृद्धिगर्नमा ध्यान दिन सो क्रममा उनले आग्रह गरे ।