close

काठमाडौं महानगर कार्यपालिका सदस्यमा थप आठ प्रतिनिधि निर्वाचित

काठमाडौं महानगर कार्यपालिका सदस्यमा थप आठ प्रतिनिधि निर्वाचित

Trulli
ADVERTISEMENT

काठमाडौं । काठमाडौं महानगर कार्यपालिका सदस्यमा आठ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

म‌ंगलबार राष्ट्रियसभा गृहमा सम्पन्न निर्वाचनबाट महानगर कार्यपालिका सदस्यमा नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका १/१ उम्मेदवार गरी आठ जना प्रतिनिधि निर्वाचित भएका हुन् । 

योसँगै ४२ सदस्यीय कार्यपालिकामा कांग्रेसले बहुमत पुगेको छ । 

कांग्रेसबाट यसअघि निर्वाचित १९ वडाध्यक्ष कार्यपालिका  सदस्य भइसकेका थिए । 

कांग्रेसबाट थप महानगर कार्यपालिका सदस्य

मंगलबार भएको निर्वाचनमा महिला सदस्य पदमा कांग्रेसका उम्मेदवारहरु मीना सुनार, मीना सिंह, कञ्चना नेपाली हरिजन र ललिता खड्गी, नेकपा एकीकृत समाजवादीकी मैयाँलक्ष्मी महर्जन निर्वाचित भएका छन् ।

त्यसैगरी, दलित वा अल्पसंख्यकतर्फबाट कांग्रेसका उम्मेदवार विनोद अछामी र महेश नेपाली तथा नेकपा माओवादी केन्द्रकी अनिता कार्की ढोली निर्वाचित भएका छन् ।