close

कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एकको मृत्यु

कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एकको मृत्यु

Trulli
ADVERTISEMENT

चितवनमा कार, मोटरसाइकल र ट्याङ्कर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ लेवाटारमा काठमाडौँबाट मुग्लिन आउँदै गरेको प्रदेश३–०१–०२३च ५०७४ नंको कारमा सोही दिशाबाट आउँदै गरेको बा७५प ६११६ नंको मोटरसाइकल ठक्कर खाई विपरीत दिशाबाट आउँदै गरेको  ना७ख १३७१ नंको ट्याङ्करमा ठोक्किएको थियो ।

दुर्घटनामा  मोटरसाइकल चालक गोरखाको सहिद लखन गाउँपालिका–४ का २३ वर्षीय सन्तोष चेपाङको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार चेपाङको घटनास्थलमै मृत्यु भएको हो ।

चेपाङको शव परीक्षणका लागि भरतपुर सरकारी अस्पताल लगिएको अधिकारीले बताए ।  

ट्याङ्कर चालक र कार चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।