close

मेलम्चीमा त्रास, बाढीले फट्टेको पुल बगायो

मेलम्चीमा त्रास, बाढीले फट्टेको पुल बगायो

Trulli
ADVERTISEMENT

मेलम्ची । वर्षायाम सुरु भएसँगै सिन्धुपाल्चोकमा त्रास बढेको छ । सिन्धुपाल्चोक बाढी पहिरोको उच्च जोखिममा रहेको जिल्ला हो ।

वार्षासँगै मेलम्ची नदी आसपास क्षेत्र प्रभावित हुन थालेको छ । गएराति आएको भारी वर्षाका कारण मेलम्ची नदीमा बनाइएका अस्थायी संरचना बगाएको छ । 

मेलम्ची नगरपालिका–११ स्थित फट्टेको अस्थायी पुल बाढीले बगाएको छ । 

बाढीले पर्‍याएको क्षतिबारे जानकारी लिन मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङसहितको टोली त्यसतर्फ गएको छ ।

गत वर्षजस्तो अवस्था यहाँका स्थानीयले भोग्न नपरोस् भनेर काम भइरहेको प्रमुख तामाङले बताए । यद्यपि मनसुन सक्रिय भइसकेका कारण व्यवस्थित पुल तथा संरचना निर्माण गर्न भने असहज रहेको उनको भनाइ छ । 

गत वर्ष मेलम्चीमा लेदोसहित आएको बाढीका कारण सयौं घरपरिवार विस्थापित भएका थिए ।