close

अछाम पञ्चदेवल विनायक नगरपालिकाका उपमेयर भन्छन् : दोषीलाई कडा कारबाही होस्

अछाम पञ्चदेवल विनायक नगरपालिकाका उपमेयर भन्छन् : दोषीलाई कडा कारबाही होस्

Trulli
ADVERTISEMENT

काठमाडौं । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का १७ वर्षीय विनोद शाहीको हत्या आरोपमा पीडित परिवारले १३ जनाविरुद्ध किटानी जाहेरी दिएको छ। 

मृतकका दाइ डम्बर शाहीले पञ्चदेवल विनायक नगरपालिकाका नवनिर्वाचित मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान अध्यक्ष सदनबहादुर शाही, दानमती बम शाहीसहित १३ जनाविरुद्ध किटानी जाहेरी दिएका हुन्।

किटानी जाहेरी दर्ता भएर घटनाको विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक कैलाश बिष्टले बताए। तर अनुसन्धान प्रभावित हुने भन्दै प्रहरीले नाम खुलाएको छैन। 

जेठ १७ गतेदेखि बेपत्ता भएका पञ्चदेवल विनायक नगरपालिका–४ का शाही शनिबार बिहान कालिकास्थानस्थित कुच्चीको भीरमा मृत भेटिएका थिए। 
घटनाका कारण नगरपलिकाको कामकारबाही प्रभावित भएको नगर उपप्रमुख हर्कबहादुर राउलले बताए ।

निर्वाचित भएपछि पहिलो कार्यपालिका बैठक बस्न नसकेको उनको भनाइ छ । ‘मृतक हाम्रै मन्छे हुन् । दोषीलाई सशक्त कारबाही गनुपर्छ र होस्,’ उनले भने, ‘ नगरपालिकामा लगाएको ताला खुला गरिदिए  सबैलाई सहज हुने  थियो ।’  

मृतक कुनै पार्टीमा सक्रिय रहेको आफूले नपाएको भन्दै  उनले घटना आश्चर्यलाग्दो भएको बताए । उनले भने, ‘उनलाई म नजिकबाट त चिन्दिनँ । मैले थाहा पाएसम्म उनी कुनै पार्टीमा आबद्ध थिएनन् । तर, कसैले प्रयोग गरेको भए थाहा भएन ।’