close

अछाममा ढकारी गाउँपालिका  अध्यक्ष र उपाध्यक्ष चढेको गाडी दुर्घटना

अछाममा ढकारी गाउँपालिका  अध्यक्ष र उपाध्यक्ष चढेको गाडी दुर्घटना

Trulli
ADVERTISEMENT

काठमाडौं । अछामको ढकारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष चढेको गाडी दुर्घटनामा परेको छ । 

गाउँपालिकाको बा २ झ ३७६५ नम्बरको सरकारी गाडी साँफेबगर नगरपालिका- ४ स्थित सडकमा दुर्घटना भएको प्रहरीले जनाएको हो।

नेत्रकलादेवी अछामका प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासेनीका अनुसार दुर्घटनामा गाउँपालिका उपाध्यक्ष नेत्रकलादेवी शाही र गाडीचालक ढकारीकै ४३ वर्षीय लली नेपाली सामान्य घाइते भएका र दुबैजनाको बयलपाटा अस्पतालमा उपचार भइरहेको छ । 

त्यस्तै, गाडीमा गाउँपालिका उपाध्यक्ष शाहीको १ वर्षीय छोरा, बच्चा हेरालु ३४ वर्षीय वीरेन्द्र शाही, चौरपाटी गाउँपालिकाकी उपाध्यक्ष सरुदेवी खड्का र उनकी छोरी २० वर्षीया वर्षा खड्का रहेका थिए ।

उनीहरुलाई चोटपटक भने नलागेको प्रमुख जिल्ला अधिकारी मरासेनीले बताए । गाडी बिहान ४ बजे दुर्घटना भएको हो ।