close

गाउँपालिका पूर्वअध्यक्ष पाण्डेसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी

गाउँपालिका पूर्वअध्यक्ष पाण्डेसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी

Trulli
ADVERTISEMENT

गोरखा । डिभिजन वन कार्यालय गोरखाले जिल्लाको भीमसेन थापा गाउँपालिकाका पूर्वअध्यक्ष ईश्वर पाण्डेसहित पाँच जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

गाउँपालिका-८ स्थित भवानी सामुदायिक वनको वन पैदावारमा पाण्डेसहितले हानी नोक्सानी पुर्‍याएको भन्दै पुर्जी जारी गरेको कार्यालयले जनाएको छ । पक्राउ पुर्जी जारी भएकाहरूमा सोही सामुदायिक वनका सचिव, सहसचिवलगायत पनि छन् ।

‘वन पैदावारमा हानी नोक्सानीको अभियोगमा पक्राउ पुर्जी जारी भएको छ । तर, अहिलेसम्म पक्राउ परेका छैनन्’ कार्यालयका सूचना अधिकृत महेश पौडेलले जानकारी दिएका छन् ।

सोही अभियोगमा यसअघि नै वनका अध्यक्ष राम ढकाल पक्राउ परिसकेका छन् ।

ढकालले दिएको बयानका आधारमा गाउँपालिकाका पूर्वअध्यक्ष पाण्डेसहित पाँच जनाविरुद्ध कार्यालयले पक्राउ पुर्जी जारी गरिएको हो ।