close

अवरुद्ध पृथ्वी राजमार्ग मुग्लिन नाैबिसे सडकखण्ड खुल्यो

अवरुद्ध पृथ्वी राजमार्ग मुग्लिन नाैबिसे सडकखण्ड खुल्यो

Trulli
ADVERTISEMENT

काठमाडौं । पहिराेले अबरुद्ध बनेको पृथ्वी राजमार्गकाे मुग्लिन नाैबिसे सडकखण्ड सुचारु भएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरस्थित पृथ्वीराजमार्गमा माथिबाट पहिरो झरी बाटो दुईतर्फी अवरूद्व बनेको थियो ।

इलाका प्रहरी कार्यालय मुग्लिनबाट गएको प्रहरीसहितकाे सडक विभागको टाेलीले सडक खुलाउने प्रयास गरेको थियो । डोजरले पहिरो हटाएपछि सडक फेरी संचालनमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सडक अवरुद्ध हुँदा काठमाडौ‌ं जाने र मुग्लिनतर्फ आउने गाडी सवारी साधन र यात्रु  राेकिएका थिए । राजमार्गमा अहिले पनि सवारीको बाक्लाे जाम रहेको छ ।