close

घरभित्रै चितुवाको आक्रमण, आमा-छोरी घाइते

घरभित्रै चितुवाको आक्रमण, आमा-छोरी घाइते

Trulli
ADVERTISEMENT

डोटी । दिपायल सिलगढी नगरपालिका-७ उडितोलामा आमाछोरीमाथि चितुवाले आक्रमण गरेको छ ।

घरभित्रै पसेर चितुवाले आक्रमण गर्दा आमा-छोरी घाइते भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार चितुवाको आक्रमणबाट ४५ वर्षीया पार्वती विक र उनकी तीन वर्षीया छोरी लक्ष्मी घाइते भएका हुन् । उनीहरुलाई चितुवाले घरभित्रै पसेर आक्रमण गरेको हो ।

चितुवाको आक्रमणबाट पार्वतीको हात र टाउकोमा चोट लागेको छ । उनकी ३ वर्षीया  छोरीलाई भने चितुवाले घाँटी र टाउकोमा आक्रमण गरेको स्थानीयले बताएका छन् । 

घाइते आमा छोरीको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त छ ।