close

रोल्पामा बालकको शव फेला

रोल्पामा बालकको शव फेला

Trulli
ADVERTISEMENT

रुकुम (पूर्व) । रोल्पाको मादी गाउँपालिका–५, भाबाङको बाङमा गाउँमा एक बालकको शव फेला परेको छ ।

१३ वर्षीय जयराम ओली झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

वडा सदस्य रत्नबहादुर डाँगीले आइतबार सम्पर्कविहीन भएका बालकको शव सोमवार घरबाट करिब ५०० मिटर टाढा राँकुको रूखमा झुण्डिएको अवस्थामा फेला परेको बताए । 

भाबाङ स्थित प्रहरी चौकीका हवल्दार बलराम पाण्डेको नेतृत्वमा प्रहरी अनुसन्धानमा खटिएको छ ।

बालकको शव पोष्टमार्टमका लागि प्रहरीको सहयोगमा रोल्पा अस्पताल लगिएको छ ।