close

नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

Trulli
ADVERTISEMENT

वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा खुलेकोे छ ।

बिहान ६:३० बजेतिर चितवनको इच्छाकामना गाउँपालिका–६ काली खोला नजिक पहिरो खसेको इलाका प्रहरी कार्यालय मुग्लिनले  जनाएको छ ।

पहिरो खसेपछि गाडी एकतर्फीरुपमा मात्र चलिरहेका छन् ।

वर्षा रोकिएसँगै अहिले पहिरो हटाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङले जानकारी दिए ।  

वर्षा याम सुरु भएसँगै नारायणगढ–मुग्लिन सडक खण्डका  विभिन्न स्थानमा पहिरो खस्ने गर्दछ ।