close

काठमाडौंमा बिहानै भारी वर्षा, नदी किनारको यात्रामा सतर्कता अपनाउन आग्रह

काठमाडौंमा बिहानै भारी वर्षा, नदी किनारको यात्रामा सतर्कता अपनाउन आग्रह

Trulli
ADVERTISEMENT

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज (शुक्रबार) काठमाडौंका नदी किनारको यात्रामा सजगता अपनाउन आग्रह गरेको छ । 

पछिल्लो ४ घन्टामा काठमाडौं उपत्यकामा भारी वर्षा मापन भएको रनदीमा जलसतह बढ्दो क्रममा रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ४ घण्टामा उपत्यकाको धेरै स्थानमा भारी वर्षा मापन भएको छ ।

हनुमन्ते, मनोहरा, बागमती र यसका सहायक नदीमा जलसतह बढ्दो अवस्थामा रहेको महाशाखाले जनाएको छ । नदी किनारको बाटो भई यात्रा गर्दा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

 

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, मधेश, बागमती र गण्डकीका धेरै स्थानमा वर्षाको सम्भावना छ ।