close

फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी

फिलिपिन्सका राष्ट्रपतिको सपथग्रहणमा विनोद चौधरी सहभागी

Trulli
ADVERTISEMENT

काठमाडौं । फिलिपिन्सका नवनिर्वाचित राष्ट्रपति बोङबोङ मार्कोसको सपथग्रहण समारोहमा नेपाली कांग्रेसका नेता विनोद चौधरी सहभागी भएका छन् ।

बिहीबार राजधानी मनिलामा आयोजित भव्य समारोहमा कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य चौधरी धर्मपत्नीसहित सहभागी भएका हुन् । 

नेपालका एकमात्र अर्बपति चौधरी नवनिर्वाचित राष्ट्रपतिको विशेष निम्तोमा फिलिपिन्स पुगेका हुन् ।

उनी नेपाली राष्ट्रिय पोसाक दौरा सरूवाल र टोपी लगाएर सपथ ग्रहण समारोहमा सहभागी भएका थिए ।

नवनियुक्त राष्ट्रपतिलाई बधाइ दिँदै नेता चौधरीले नेपाल र फिलिपिन्सको सम्बन्ध बलियो र समधुर बन्ने विश्वास व्यक्त गरे ।

मार्कोस  फिलिपिन्सका १७औं राष्टपति हुन् । मार्कोस कांग्रेस नेता चौधरीका साथी हुन् ।