close

प्रधानमन्त्री देउवा र भारतीय राजदूतबीच भेटवार्ता

प्रधानमन्त्री देउवा र भारतीय राजदूतबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आज प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटवार्ता गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेपछि प्रधानमन्त्री देउवासँग राजदूत श्रीवास्तवले भेटवार्ता गरेका हुन् ।

भेटमा राजदूत श्रीवास्तवले भारतीय राष्ट्रपति र प्रधानमन्त्रीले पठाएको शुभकामना सन्देश सुनाउँदै पछिल्लो समयमा प्रधानमन्त्री देउवाबाट भएको भारत भ्रमण र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट भएको नेपाल भ्रमणबाट दुई देशको द्विपक्षीय सम्बन्धमा नयाँ गति प्रदान गरेको उल्लेख गरे ।

साथै सो अवसरमा राजदूत श्रीवास्तवले दुई देशको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

काठमाडौंस्थित भारतीय राजदूतावासकाअनुसार श्रीवास्तव नेपालका लागि २६औँ राजदूत हुन् ।

यसअघिका राजदूत विनयमोहन क्वात्रा भारतको विदेश सचिवमा बढुवा भएपछि श्रीवास्तव नेपालको राजदूतमा नियुक्त भएका हुन् ।