close

नवनियुक्त भारतीय राजदूत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

नवनियुक्त भारतीय राजदूत र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

Trulli
ADVERTISEMENT

काठमाडौं । नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर भारतीय राजदूत श्रीवास्तवले देउवासँग भेटवार्ता गरेका हुन् ।

यस क्रममा उनले भारतका राष्ट्रपति र प्रधानमन्त्रीले पठाएका शुभकामना सन्देश देउवालाई सुनाए ।

उनले दुई देशबीचको मैत्रीसम्बन्धलाई थप मजबुत बनाउन प्रयास गर्ने  प्रतिबद्धता पनि व्यक्त गरे ।