close

साझेदारी वनद्वारा साढे तीन लाखभन्दा बढी बिरुवा उत्पादन

साझेदारी वनद्वारा साढे तीन लाखभन्दा बढी बिरुवा उत्पादन

Trulli
ADVERTISEMENT

कपिलवस्तुका तीन साझेदारी वनले साढे तीन लाख बढी बिरुवा उत्पादन गरेका छन् । कपिलवस्तु साझेदारी वन, शिवराज साझेदारी वन र गौतमबुद्ध साझेदारी वनले विभिन्न जातका बिरुवा उत्पादन गरि वितरणको तयारी गरेका छन् । 

उजाड र वन अतिक्रमित क्षेत्रमा वृक्षरोपण गर्नका लागि बिरुवा उत्पादन गरी वितरण गर्ने कार्यक्रम राखिएको डिभिजन प्रमुख दधिलाल कँडेलले जानकारी दिए ।

बिहीबार वन अतिक्रमित क्षेत्र तथा नर्सरी क्षेत्रको अनुगमनका क्रममा वातावरण हरियाली र वन क्षेत्र बढाउने उद्देश्यले कपिलवस्तुको शिवराज नगरपालिका महाराजगञ्ज नगरपालिका, कृष्णनगर नगरपालिका  र विजयनगर गाउँपालिकामा वृक्षरोपणको लागि सबै साझेदारी तथा डिभिजन वनले बिरुवा उत्पादन गरेको बताए ।

विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि साझेदारी वनले उपभोक्तालाई मध्यनजर गरी कागजात तथा फलफूलका बिरुवा वितरण गर्ने कपिलवस्तु साझेदारी वनका अध्यक्ष गगेश तिवारीले बताए । बिरुवाको लागि निवेदन दिने क्रम सुरु भएकाले अब केही दिनबाट वितरण कार्य सुरु हुनेछ ।

कपिलवस्तु साझेदारी वनले एक लाख ३० हजार बिरुवा उत्पादन गरेको छ । महाराजगञ्ज नगरपालिका क्षेत्र रहेको नर्सरी बिरुवा उत्पादन भएको सहायक वन अधिकृत एजाज अन्सारीले बताए ।

त्यस्तै शिवराज साझेदारी वनले यस वर्ष एक लाख २० हजार, गौतमबुद्ध साझेदारी वनले एक लाख १० हजार बिरुवा उत्पादन गरेका छन् । टिक, मसाला, सफेता, निम, तेजपात बकाइनो, जमुनालगायतका बिरुवा उत्पादन भएको र उपभोक्तालाई निःशुल्क रूपमा बिरुवा वितरण गरिने छ । 

यता डिभिजन वन कार्यालय गौतमबुद्धले यस वर्ष दुई लाख ८७ हजार बिरुवा उत्पादन गरेको छ  । बहुवर्षीय बिरुवाअन्तर्गत गत वर्षका ९१ हजार बिरुवा पनि यसै वर्ष वितरण गर्ने डिभिजन वन कार्यालयका योजना शाखाका अधिकृत गणेश चौधरीले बताए ।

शिवराज नगरपालिका पाँच रहटकोलमा अतिक्रमित २२ हेक्टर वन क्षेत्रमा वृक्षरोपण गरिएको छ । स्थानीय उपभोग गर्दै आएको वन क्षेत्रलाई डिभिजन वन कार्यालय गौतमबुद्धले तारबार गरी वृक्षरोपण  गरेको डिभिजन प्रमुख दधिलाल कँडेलले बताए ।