close

संघीय संसदका दुवै सदनकाे बैठक बस्दै, यस्तो छ कार्यसूची

संघीय संसदका दुवै सदनकाे बैठक बस्दै, यस्तो छ कार्यसूची

Trulli
ADVERTISEMENT

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने प्रतिनिधिसभा बैठकमा विभिन्न विधेयक तथा प्रतिवेदन पेश हुने भएका छन् ।

बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले बजेटसम्बन्धी विभिन्न विधेयकमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउने कार्यसूची छ । यस्तै राष्ट्रियसभामा उत्पति भएका औषधि तेस्रो संशोधन विधेयक २०७९, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन विधेयक २०७९ र रेल्वे विधेयक २०७९ टेबुल गर्ने कार्यसूची छ ।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७/२०७८ र राष्ट्रियसभामा उत्पत्ति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक २०७६ दफावार छलफलका लागि समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदन सहितको मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक २०७ छलफल र पारितका लागि पेश गर्ने सम्भावित कार्यसूची छ ।

यस्तै वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौता छलफल र अनुमोदनका लागि पेश गर्ने सम्भावित कार्यसूची रहेको जनाइएको छ ।

यसैबीच राष्ट्रियसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले कोभिड–१९ संकट व्यवस्थापन विधेयक २०७८ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।