close

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षा

आजको मौसमः देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षा

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले (बिहीबार बिहान) देशका गण्डकी, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षा भइरहेको छ । 

आज दिउँसो  देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।  देशका पहाडी भू-भागका केही स्थानमा हल्का देखि मध्यम वर्षा तथा बाँकी भू-भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।

आज राति पनि देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश, बागमती प्रदेश लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।