close

कालिका नगरपालिकामा चट्याङ लागेर १४ रोपाहार घाइते

कालिका नगरपालिकामा चट्याङ लागेर १४ रोपाहार घाइते

Trulli
ADVERTISEMENT

चितवनको कालिका नगरपालिकामा धान रोप्न गएका १४ रोपाहार चट्याङ लागेर घाइते भएका छन् ।

कालिका–८ मझुवास्थित कमला विकको खेतमा बुधबार धान रोपाइँ गरिरहेको अवस्थामा पानी परेपछि उनीहरु स्थानीय जन्तरी प्रजाको घरमा ओत लाग्न गएका थिए ।

सोही क्रममा हुरी, बतास र पानीसँगै परेको चट्याङले रोपाहार घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

घाइते हुनेहरुमा कालिका नगरपालिका वडा नम्बर ८ बस्ने रोजिना श्रेष्ठ, रोशी श्रेष्ठ, दिलकुमारी अधिकारी, सुस्मिता श्रेष्ठ, राधिका मिजार, सिमा सुनार, कमला विक, संगिता सुनार, अनिता तामाङ सामान्य, अनु श्रेष्ठ, कमला कामी, लक्ष्मी मिजार, चिनामांया सुनार र देवी विक रहेका छन् ।

घाइतेमध्ये पाँच जनाको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । अन्य नौ जना गए राति नै उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।

घाइते पाँच जनाको अवस्था खतरामुक्त रहेको छ । बुधबार साँझ ६ बजेको समयमा चट्याङ परेको बताइएको छ ।