close

आजको मौसम: मेघ गर्जन-चट्याङ सहित भारी वर्षा

आजको मौसम: मेघ गर्जन-चट्याङ सहित भारी वर्षा

Trulli
ADVERTISEMENT

काठमाडौं । हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा सामान्य बदली रहि बाँकी भु-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । प्रदेश १, बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदूरपश्चिम का केही स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का वर्षा भइरहेको छ । 

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।  प्रदेश १, बागमती प्रदेश, गण्डकी कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

त्यस्तै आज राति देशभर सामान्य देखी पूर्ण बदली रहनेछ । देशभर अधिकांश स्थानमा मेघ गर्जन/चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थान र साथै  बाँकी प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ । 

देशभर अधिकांश स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने प्रदेश १ र मधेश प्रदेशका एक-दुई स्थानहरु साथै बाग्मती प्रदेश, गण्डकी प्रदेश, ललुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।